​सुवेदीमाथि आक्रमण
12 Aug 2015 | 16:38 PM

काठमाडौँ,२७ साउन । वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीमाथि आक्रमण भएको छ । बिहान घरबाट कार्यालय जाने क्रममा बाटोमै आक्रमण भएपछि घाइते भएका सुवेदी र उहाँका गाडी चालकको अहिले जनमैत्री अस्पतालमा उपचार भइरहेको छ ।

चार पाँच जनाको समूहमा आएको अज्ञात व्यक्तिहरुको समूहरुले सुवेदीमाथि आक्रमण गरेको महानगरिय प्रहरी परिसर काठमाडांैले जनाएको छ ।  प्रहरीका अनुसार घटनास्थलमा भेटिएको नेत्रविक्रम चन्द नेतृत्वका माओवादीको नामका पर्चाहरुमा सुवेदीलाई कारवाही गर्न माग गरिएको छ ।

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us