तोयानाथ भट्टराई
इलाम,२४ साउन । दुग्ध उत्पादक किसानको ५० लाख भन्दा माथि खाएर फरारका भएका मध्ये एकलाई बिहीबार फिक्कलमा किसानले पक्रेर प्रहरीलाई बुझाएको चार दिन बित्दा पनि किसानले रकम नपाएपछि नछोड्न प्रहरीलाई आग्रह गरेका छन् । पशुपतिनगर ४ मा दर्पण चिज कारखाना प्रालीका सञ्चालक मध्येका डोनिट क्षेत्रीलाई बिहीबार दिउँंसो सुर्योदय नगरपालिका १० मालुमका किसानले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाए पछि अहिलेसम्म किसानको हातमा डुबेको रकम नपरेपछि किसानले कसैको दवावमा पनि श्रेत्रीलाई नछोड्न आग्रह गरेको किसान अलैची सहकारीका अध्यक्ष तारा दुलालले बताए ।
भारतीय नम्बर प्लेटको मोटरसाईकलमा आएका क्षेत्रीलाई स्थानीयले पक्राउ गरेपछि पहिले पशुपतिनगर ४ को बासिन्दा भएको बताएको प्रहरीले जनाएको छ । किसानले भने क्षेत्री भारतीय नागरीक भएको बताएका छन् । सदरमुकाम पुगेका मालुम दुग्ध उत्पादक सहकारी, किसान अलैची विकास सहकारी , लक्की डेरी, पञ्चायत र विनायक डेरीको मात्र करिब ४६ लाख रुपयाँ बुझाउन बाकी रहेको किसान अलैची सहकारीका व्यवस्थापक कृष्ण ढुङ्गानाले बताए ।
क्षेत्री सहितले पशुपतिनगरमा अढाइ बर्ष सम्म चिज कारखाना सञ्चालन गरेको इलाका प्रहरी कार्यालय पशुपनिनगरका प्रहरी निरीक्षक पदम थपलियाले बताए । सो कारखानाले तत्कालीन अवस्थामा प्रति लिटर २८ रुपयाँ र ढुवानी भाडा दिने सर्तमा दुग्ध खरिद गरेको थियो । ढुङ्गानाले क्षेत्री सहित पशुपतिनगर ४ का आइन्द्रहाङ सुब्बा लगायतका नाममा किटानी उजुरी गर्न लागेको बताए ।
कारखानाले पुर्वि इलामको पशुपतिनगर, सुर्योदय नगरपालिकाका विभिन्न दुग्ध सहकारीबाट दुग्ध खरिद गरेर चिज उत्पादन गर्दै आएको थियो । सुर्योदय नगरपालिका १ को लगनशिल कृषि सहकारीले सो चिज कारखानाबाट एक लाख रुपया पाउँन बाँकी छ । सबै किसानको २०७० फागुन सम्मको रकम पाउन बाँकी रहेको लगानशिल कृषि सहकारीका अध्यक्ष विनोद गड्तौलाले बताए । सुनपा १ केै मेची दुग्ध उत्पादक सहकारी र सुनपा ६ को विरीङ कृषि सहकारीको पनि रकम भुक्तानी नगरी सञ्चालक फरार भएपछि सहकारी र डेरीले किसानको दुग्धको मुल्य करिब डेढ बर्ष देखि तिर्न नसकेको अध्यक्ष गड्तौलाले बताए ।
गड्तौलाका अनुसार यस विषयमा कहि महिना अघि जिल्ला प्रशासन कार्यालय इलाममा उजुरी गरेपनि प्रशासनले चासो दिएको थिएन । उनले भने ‘दुग्ध सम्झौता देखि खरीद सम्म नेकपा एमालेका नेताहरु सकृय रहेकाले राजनितीक दवावको कारण प्रशासन चुप लाग्यो ।’ प्रहरीले भने अहिले सम्म उजुरी नपरेको बताएको छ । प्रहरी निरीक्षक इश्व थापाले अहिले सम्म उजुरी नपरेपनि किसानको आग्रहमा क्षेत्रीलाई प्रहरी नियन्त्रणमा राखेको बताए । उनले भने ‘अहिले सम्म दुई पक्षको छलफल चलिरहेको छ ।’ दुलालले आधा रकम आज (आइतबार) पाए सहमती गर्ने नभए मुद्धा दर्ता गर्ने तयारी गरेको बताए ।
Annapurna Khabar Audio
-
Annapurna Khabar at
9:00 am
Dec 15, 2017
-
Annaurna Khabar at
9:00 am
Dec 14, 2017
-
ANNAPURNA KHABAR at
12:00 pm
Jun 18, 2017
-
Annapurna Khabar at
6:00 am
May 07, 2017
-
Annapurna Khabar at
6:00 am
May 05, 2017
लोकप्रिय
-
चीन जाँदै गरेका प्रधानमन्त्रीलाई
विख्यात सांस्कृतिक इतिहासकार ज्याक्स बर्जुनले आधा शताब्दीअघि फरेन अफियर्स जर्नलम...
-
मैले चुनाव हारेको छैनः रामचन्द्र पौडेल
दमौली,४ चैत्र । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफुले १३ औं महाधिवेशनमा...
- ल्यापटप बढी तात्यो भने यसो गर्नुहोस्
- कुटपिटपछि महिलालाई पिसाब खुवाइयो
प्रतिकृया दिनुहोस