दुवईमा पक्राउ परेका युवतीलाई आज काठमाडौं आउँंदै
03 Aug 2015 | 11:21 AM

काठमाडौं,१८ साउन । भारतको दिल्ली विमानस्थलहुँदै संयुक्त अरब इमिरेट्सको दुवई जाने क्रममा पक्राउ परेका २७ नेपाली युवतीलाई आज काठमाडौं फिर्ता ल्याईंदै छ । अदालती प्रक्रिया पूरा गरेर सामाजिक संस्था नारी निकेतनको जिम्मा लगाइएका ती युवतीलाई नेपाली दूतावासको समन्वयमा घर फिर्ता ल्याउन लागिएको हो । काठमाडौंमा तत्कालका लागि सबै युवतीको जिम्मेवारी परराष्ट्र र महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले लिने भएको छ ।

दुई साताअघि नक्कली कागजातसहित इन्दिरा गान्धी विमानस्थलबाट पक्राउ परेका युवतीले दिएको सुराकीका आधारमा युवतिहरुलाई पक्राउ गरिएको थियो । युवतीलाई एयरपोर्ट सेटिङ बाट खाडी मुलुक पठाउने गिरोहका नेपाली एजेन्ट विष्णु तामाङ र ईश्वर न्यौपाने प्रहरी छानबिनका लागि तिहाड जेलमा छन् । यी दुईमाथि मानव बेचबिखन र ओसारपसारको अभियोगमा मुद्दा चलाइने सम्भावना छ । गोरखा, सिन्धुपाल्चोक, नुवाकोट, काभ्रे, धादिङका अधिकांश युवतीले ‘आफूहरू भूकम्पपीडित भएपछि कामको खोजीमा निस्किएको’ प्रारम्भिक बयान दिएका छन् । 

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us