क्रान्ति शाह
वीरगन्ज ,१५ साउन । बाराको सिम्रौनगढ इलाकामा रहेका पोखरीमा पालिएका माछाहरु मर्न थालेपछि माछापालक किसान र ठेकदारहरु मर्कामा परेका छन् । सिम्रौनगढ इलाकामा पर्ने अमृतगन्ज , गोलागन्ज ,उचिडिह , हरिहरपुर,लक्ष्मीपुर कोतवाली , श्रीनगर बैरीया लगायतका गाँउहरुमा गबरि झण्डै चार सय वटा माछा पोखरीहरु रहेका छन् । चर्को घाम र खडेरीका कारण पोखरीमा पानी र अक्सीजनको कमीका कारण माछाहरु मर्न थालेको जिल्ल कृषि विकास कार्याल्य बाराका मत्स्य विकास अधिकृत मुन्निलाल अग्रहरीले बताउनु भयो ।
लामो समय देखि पानी नपरेको र चर्को घामका कारण पोखरीको पानी पनि सुक्दै गएको किसानहरुले बताएका छन् । अमृतगन्जका माछा पालक किसान रन्जित कुमार कुशवाहाले आफनो दुइ वटै पोखरीका धेरै जसो माछा मरिसकेको बताउनु भयो ।यस्तै अमृतगन्जकै मोहन कुशवाहा ,टाल्हे मुखिया बिन ,पटेर्वाका राजकपुर प्रसाद, सलेमपुरका जयलाल कुशवाहा, हरिहरपुरका रुपेश जयसवाल लगायतका किसानहरुले पनि आफनो पोखरीमा पालिएका माछाहरु मर्न थालेको बताएका छन् ।
Annapurna Khabar Audio
-
ANNAPURNA KHABAR 12 PM MANGSIR 21 at
12:00 pm
Dec 07, 2018
-
Annapurna Khabar at
9:00 am
Dec 15, 2017
-
Annaurna Khabar at
9:00 am
Dec 14, 2017
-
ANNAPURNA KHABAR at
12:00 pm
Jun 18, 2017
-
Annapurna Khabar at
6:00 am
May 07, 2017
लोकप्रिय
-
ओलीको आडमा मौलाएका खुरे !
वरिष्ठ पत्रकार बद्री पौड्यालले अनलाइनमा आएको समाचारमा टिप्पणी गरे, ‘एउटा पूर्व उ...
-
आन्दोलनको दीर्घकालीन सम्बोधन
मधेस आन्दोलन जारी छ, तर सबैले देख्ने र बुझ्ने गरी त्यो स्वघोषित या देखिएका नेताह...
- ओझेलमा जनताका पीडा
- सम्बन्धको कसीमा मोदी
प्रतिकृया दिनुहोस