व्यवसायीक यान्त्रीकरणले
कृषिमा अघि बढ्दै काभ्रे
श्रीराम केसी
काभ्रे,११ साउन । केही वर्ष अधि मात्र परमपरागत र निर्वाहमुखी कृषि प्रणाली अंगाल्दै आएका काभ्रेका अधिकांश किसान अहिले व्यावसायीक र आधुनिक कृषिप्रणालीतर्फ उन्मुख हुन थालेका छन् । कृषिबाट राम्रो मुनाफा भएसँंगै आर्थिकस्तर उकासीन थालेस पछि किसान पछिल्लो समय आधुनिक कृषि प्रणालीमामा आकर्षित हुन थालेका हुन् ।
‘व्यवसायीक रुपमा बढ्दै गएको दुग्ध उत्पादन,तरकारी उत्पादन, कुखुरापालन र बाख्रापालको माध्यमबाट जिल्ला कृषिमा अघि बढ्दै गएका जिल्ला कृषि कार्यलयका बरिष्ठ कृषि अधिकृत दिपक पौडेल बताउँंछन् ।‘दुध र तरकारीमा उत्पादनमा देशकै पहिलो स्थानमा रहेका काभ्रे जिल्लाले अब पोल्ट्री र पशुपालनमा समेत अघि बढ्दै गएको छ ।’
तरकारी उत्पादनमा अग्रेणी स्थानमा रहेको यहा आलु बार्षिक ६ अर्व ५० करोड, तरकारी ४० अर्व, सुन्तला ६० करोड ,अलैची ११ करोड ६६ लाख रुपैया कफि ११ करोड ५० लाख, गालभेडा ७५ करोड, तरकारीको विउ २ करोड ५० लाख, खाद्यनबाली फलफुल र मौरीपालनबाट वार्षिक १ अर्ब रुपैया भित्रने गरेको कृषि विकास कार्यलयले जनाएको छ ।
‘ओडीओपी कार्यक्रमअन्तर्गत एक जिल्ला एक उत्पादन कार्यक्रमा हामीले मासु प्रसोधन उद्योगलाई छनोट गरेका गरेर काम अधि बढाउन लागिएको ’काभ्रे उद्योग बाणिज्य माहासंघका अध्यक्ष सुरकृष्ण बैद्य बताउछन् । ‘पोल्ट्रीमा चितोवन पछिको दोस्रो स्थानमा गनीदै आएको काभ्रेमा मासु प्रसोधनको उद्योगको प्रचुर सम्भावना भएकाले हामीले एक जिल्ला एक उत्पादन कार्यक्रमअन्तर्गत पोल्ट्रीमा रोजेका हौ ।
।’ उनले थपे ‘किसानले मासु उत्पादन त गर्छन् तर उत्पादीत मासुको भण्डारण र प्रसोदन गर्ने व्यवस्था नहुदा व्यवसायी मर्कामा पर्ने गरेको समस्यालाई मध्यनजर गरेर पहिलो प्राथमीकतामा मासु प्रसोदन उद्योगलाई छानेको बताए । एक जिल्ला एक उत्पादनमा पहिलो प्राथमीकतामा मासु प्रसोधन केन्द्र, दास्रोमा दुधजन्य पदार्थको संकलन प्रसोधन र तेस्रोमा जिल्लामा उत्पादीत गोलभेडाको सस र जुस व्यवस्थापन गर्ने उद्योगहरुको स्थापना गर्न लागीएको काभ्रे उद्योग बाणिज्य संघले जनाएको छ ।
घरेलु तथा साना उद्योगमा दर्ता भएका कषिजन्य उद्योगहरुमा दुध चिस्यान केन्द्र,पोलीट्री फर्म दाना उद्योग, चल्ला तथा अण्डा उत्पादन उद्योगहरु ६० भन्दा बढी रहेका छन् । भने जिल्लामा ६० गाई फार्म, २२ बाख्रा फार्म र १३ वटा बंगुरफार्म रहेका छन् । ७ स्थानमा पशु हाट बजार र ४६ वटा दाना ताथ औषधी उद्योग रहेका छन् ।२ वटा भण्डारण केन्द्र रहेका छन् जगदम्वा कोल्ड स्टोर पनौती,पाचखाल कोल्ड स्टोर बनेपा, र भगवती कोल्ड स्टोर पाचखाल गरि ९ हजार मेट्रीक टन भण्डार क्षेभताका भण्डारण केन्द्र रहेका जिल्ला कृषि विकास कार्यलयले जनाएको छ ।
विपी राजमार्ग निर्माण भए संगै राजमार्गले छोएका गाविसहरुमा र नगरपालीकाहरुमा समेत व्यावसायीक रुपमा पशुपालन र तरकारी खेती गर्न सुरु गरेकसंगै जिल्ला कृषिमा अघि बढ्दै गएको हो । उत्पादीत कृषि सामाग्रीहरु राजमार्गवाट सहज रुपमा राजधानी र तराईका बजारसम्म पु¥याउन सकिने भएपछि नेपालथोक भकुण्डे मंगलटार र आसपासका गाविसका कृषकहरु व्यवसायीककृषि तर्फ आकर्षित हुदै गएका छन् । उत्पादीत कृषिजन्य बस्तुहरुले बजारीकरण मुल्य, सहजै बिक्रिवितरण गर्न सकिने भएकाले पछिल्लो समय कृषकहरु मैसमी तथा बेमौसमी तरकारी उत्पालनमा लाग्न थालेका हुन ।
‘पछिल्लो समय जिल्ला कृषि विकास कार्यलयले कृषिमा यान्त्रिकरण र अनुदानमा विउ विजन,कृषि सामाग्रीहरु कृषकहरुमाझ पु¥याउन सफल भएकाले उत्पादनमा समेत वृद्धी हुदै गएको छ ।’जिल्ला कृषि विकास कार्यलयका बागवानी अधिकृत सुर्यवाहादुर थापा बताउछन् ‘उत्पादनमा बृद्धी भएसंगै कृषि फार्म उद्योगहरुको स्थापनाले बजारीकरण र रोजगारीको समेत सृजना हुन थोलका छ ।’ उनले भने परमपरागत कृषि प्रणाली लाई छोडी आधुनीकीकरण तथा व्यवसायीक खेतीतर्फ किसानहरु आकर्षित भएका कारण जिल्लाले कृषिमा फड्को मार्दै गएको बताए । पछिल्लो समय सहकारी खेती र सामुहीक खेतीमा र यात्रीकरणमा समेत कृषक आकर्षण हुदै गएका छन् ।
कृषिमा सहकारीहरुले समेत लगानी गर्न थालेपछि उत्पादकतोमा समेत वृद्धी हुदै आएको छ । काभ्रे जिल्ला कृषि सहकारी संघका अध्यक्ष दिपक जंगम भन्छन् ‘जसले गर्दा सहकारी मार्फत किसानरुले बचत तथा ऋण सुविधाले व्यावसायीक रुपमा पशुपालन र तरकारी खेती गर्दै आएका छन् ।’उनका अनुसार जिल्लामा बचत साकोस ४ सय ३१, बहुउदेश्य साकोस १ सय ९०, दुग्ध उत्पादन सहकारी २ सय ७१, कषि सहकारी २ सय ८१, विद्युत सहकारी १६, उपभोक्ता सहकारी ३०, पशुविमा सहकारी ११, तरकारी उत्पादन सहकारी १९ ओटा, शिपमुलक सहकारी १० ओटा जम्मा १३ सय ६४ ओटा सहकारीहरुले कृषि क्षेत्रमा लगानी तथा ऋण सेवा दिदै आएका छन् ।
त्यस्तै पशुपालनमा नेपालकै एक मात्र ग्रेण्ड प्यारेन्टी पोरेन्टी फार्म बाट प्रत्येक हप्ता ६० देखी ८० हजार कुखुरा उत्पादन गर्दै आएको छ । ‘जिल्लामा १२ ओटा पोलेट्री फार्महरु रहेका छन् जसवाट बार्षिक १ करोड ५४ लाख किलो मासु उत्पादन हुने गरेको छ ।’ जिल्ला पशु सेवा कार्यलयका वरिष्ठ पशुु अधिकृत राजकुमार हुमगाई भन्छन् ‘पछिल्लो समय किसानहरु व्यवसायीक रुपमा पशुपालन तर्फ आकर्षित हुदै गएका छन् । जसले गर्दा दुध र मासुको उत्पादनमा समेत वृद्धी हुदै गएको छ ।’ जिल्ला पशु सेवा कार्यलयको तथ्याङ्गान अनुसार वार्षिक १ करोड ८ लाख किलो बोईलर कुखुराको मासु र मासिक ६ लाख ७५ हजार कुखुराका चल्ला उत्पादन , ६३ लाख ५ हजार किलो खसीबाख्राको मासु, ४५ सय टन, रागाको मासु र २ हजार टन बंगुरको मासु बार्षिक उत्पादन हुने गरेका छ । उत्पादीत मासुहरु ४५ प्रतिशत जिल्लामै खपत हुदै आएको छ भने ५५ प्रतिशत उपत्यका र विभिन्न जिल्लाहरुमा निर्यात हुने गरेको जिल्ला पशु सेवा कार्यलयले जनाएको छ ।
दुग्ध उत्पादनमा देशकै पहिलो जिल्लाका रुपमा रहेको यहा सयौ कृषि सहकारी र ३६ ओटा डेरीवाट दैनीक ४ लाख लिटर दुुध उत्पादन हुने गरेको छ । जिल्ला पशु सेवा कार्यलयका पशु कार्यलयका पशुचिकित्सक मणी सापकोटा भन्छन् ‘जल्लामा दुधमात्र नभई दुधजन्य नौनी,क्रिम,ध्यु, छुर्पी ,खुवा, चिज लगाएताका परिकार देश विदेशमा निर्यात हने गरेको बताए ।’ उत्पादीत दुध ४५ प्रतिशत जिल्लामै खपत हुन्छ भने ५५ प्रतिशत उपत्यकामा अपत हुने गरेको छ ।
कृषिमा राम्रो आम्दानी हुन थालेपछि विदेसीने युवाहरुको जमात समेत घट्दै गएको छ । विदेश गएर आएकाहरु पनि सानो तिनो लगानी गरेर भएपनि कृषि गर्न थालेका छन् । व्यावसायी चियाखेती कफि खेती,रेशम खेती, मसला खेती, अलैची खेती,सुन्तला खेती, किवी खती, तरकारी खेती, गाईपालन,बाख्रा पालन, माछा पालन, बंगुर पालन तर्फ किसानहरु आकर्षित हुदै गएसंगंगै काभ्रे जिल्ला कृषिका सम्भानना खोज्दै अधि बढ्दै गएको छ ।
Annapurna Khabar Audio
-
ANNAPURNA KHABAR 12 PM MANGSIR 21 at
12:00 pm
Dec 07, 2018
-
Annapurna Khabar at
9:00 am
Dec 15, 2017
-
Annaurna Khabar at
9:00 am
Dec 14, 2017
-
ANNAPURNA KHABAR at
12:00 pm
Jun 18, 2017
-
Annapurna Khabar at
6:00 am
May 07, 2017
लोकप्रिय
-
ओलीको आडमा मौलाएका खुरे !
वरिष्ठ पत्रकार बद्री पौड्यालले अनलाइनमा आएको समाचारमा टिप्पणी गरे, ‘एउटा पूर्व उ...
-
आन्दोलनको दीर्घकालीन सम्बोधन
मधेस आन्दोलन जारी छ, तर सबैले देख्ने र बुझ्ने गरी त्यो स्वघोषित या देखिएका नेताह...
- ओझेलमा जनताका पीडा
- सम्बन्धको कसीमा मोदी
प्रतिकृया दिनुहोस