​मेनपावर व्यवसायिहरु आजबाट काममा फकिैदै
26 Jul 2015 | 10:34 AM

काठमाडौं,१० साउन । मलेसिया र खाडीका ६ राष्ट्रका लागि  फ्रि भिसा र फ्रि टिकटको प्रावधान लागू भएपछि सरकारी निर्णयविरुद्ध आन्दोलनमा उत्रिएका मेनपावर व्यवसायीहरु आजबाट काममा फर्किने भएका छन् ।

गएराती सरकार र व्यवसायिहरुबीच भएको वार्तामा २५ बुँदे सहमती भएसंँंगै व्यवसाय सञ्चालन गर्न व्यवसायीहरु सहमत भएका हुन् । सहमती अनुसार सरकारको यो व्यवस्था ३ महिना परिक्षणका रुपमा लागू हुनेछ । सरकारी निर्णय कार्यान्वयन गर्न सकिने नसकिने अध्ययनका लागि कार्यदल गठन गरि कार्यदलको प्रतिवेदन अनुसार नै अघि बढ्न व्यवसायीहरु सहमत भएपछि बन्द रहेका व्यवसायहरु आजबाट सुचारु हुने बैदेशिक रोजगार व्यवसायसँंगका महासचिव रोहन गुरुङले जानकारी दिनुभयो ।

सरकारले गत असार २१ मलेशिया सहितका ६ खाडि राष्ट्रका लागि फ्रि भिसा र फ्रि टिकटको प्राबधान लागु गरेपछि व्यवसायिहरु त्यसको विरोधमा आन्दोलनमा उत्रिएका थिए ।   

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us