​यातायातका दलाल पक्राउ
23 Jul 2015 | 16:35 PM

ललितपुर,७ साउन । दलालहरुले पैसा लिएर काम गर्ने गरेको सूचनाका आधारमा प्रहरीले यातायात कार्यालय ललितपुरमा छापा मारेको छ । ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालय र ताल्छिखेलमा प्रहरीले आज  छापा मारेर ४१ जनालाई नियन्त्रणमा लिएको हो ।

सवारी चालक अनुमतिपत्र लाइसेन्स बनाउन दलालहरुले सेवाग्राहीबाट रकम लिने र कार्यालयका कर्मचारीहरुसँग मिल्ने गरेको कुरा पटक पटक आइरहेपनि प्रहरीले यत्तिबेला आएर छापा मारेको हो । ललितपुर प्रहरीले गरेको छापाबाट कार्यालय परिसरमा रहेका एजेन्टहरूलाई नियन्त्रणमा लिएको हो ।

 एकान्तकुनाबाट २१ र ताल्छिखेलबाट २० जना एजेन्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिएका एजेन्टहरुले यातायात कार्यालयका कर्मचारीलाइ पनि पक्राउ गर्नुपर्ने बताएका छन् । 

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us