रामकला खड्का
साउन लागिसक्यो, हरियो चुरा र मेहेन्दी त लगाउनुभयो होला नि ?
अरू नेपाली महिलालाई जस्तै मलाई पनि हरियो चुरा र मेहेन्दी लगाउने सौख छ। आफूलाई मेहेन्दी लगाउन आउँदैन। व्यस्तताले नभ्याएका कारण साउने संक्रान्तिका दिन देब्रे हातको हत्केलामा आफ्नो नामको पहिलो अक्षर 'बी' मात्रै लेखेको छु। यो सगुनको रूपमा मात्रै लगाएको हुँ।
दुवै हातभरि मेहेन्दी लगाउने रहर छैन त ?
रहर त लागेको छ। पोहोर परार मेरो भाञ्जीदिदीले लगाइदिनुहुन्थ्यो। उहाँ मेहेन्दी लगाउन असाध्यै जान्ने भएकाले छरछिमेक र आफन्त सबैलाई मेहेन्दी लगाइदिनुहुन्थ्यो। तर विवाह भएर उहाँ अन्तै जानुभएकोले म पनि मेहेन्दी लगाउन जान भ्याएको छैन। यही साउन महिनाभित्रै मेहेन्दी त लगाउनु परिहाल्यो । अझै भ्याएसम्म यसै साता म पार्लरमा गएर आफ्ना दुवै हातभरि मेहेन्दी लगाउँछु।
अरूले हातभरि हरिया चुरा लगाएको देख्दा तपाईंलाई कस्तो लाग्छ ?
मलाई अरूले चुरा लगाएको राम्रो लाग्छ। तर म आफैंलाई भने हरियो बालामात्रै लगाउन मन लाग्छ। पोहोर, परार पनि अलि ठूलठूलो बाला नै लगाउँथेँं। तर यो पटक किन्न भ्याएको छैन।
मसिना चुरा मन पर्दैन ?
चुरा सबै खाले मन पर्छ। तर त्यस्ता मसिना चुरा म विभिन्न चाडपर्वमा मात्रै लगाउने गर्छु। कहिले क्याजुयल वेयर त कहिले अन्य कुनै ड्रेसमा हिँड्नुपर्ने हुनाले म्याच गर्दैन भन्ने डरले पनि धेरै चुरा लगाउन मन लाग्दैन। साथै मलाई बढी गहना लगाएर झकिझकाउ भएर हिँड्न पनि मन लाग्दैन।
साउनमा गहना रोज्दा पनि हरियो म्याचिङ गर्ने कुरामा कतिको सचेत हुनुहुन्छ ?
साउन महिना भएकाले हरियो लगाउन पर्छ भन्नेमा म त्यति सचेत हुन्न। साउनमा हरियोको महत्व त होला तर कामको सुटिङ र कार्यक्रमहरूमा सहभागी भइरहनुपर्ने भएकोले त्यहाँ जस्तो आवश्यकता पर्छ त्यस्तै लगाउनुपर्ने हुन्छ। मैले कान्छी औंलामा पन्नाको औंठी लगाएको छु। त्यसको स्टोन हरियो नै छ। तर, यो संयोगमात्रै हो। मैले मिलाएर लगाएको होइन।
परिवारमा साउने सोमबारको व्रत बस्नको लागि दबाब आउँदैन ?
मेरो ममी व्रत बस्नुहुन्छ। तर मलाई भने उहाँले यस्तो कुरामा कहिले करकाप गर्नुहुँदैन। आस्था भनेको मनले गर्ने कुरा हो, नियममा बाँधिएर मात्रै आस्था हुँदैन। त्यसैले म साउने सोमबारको व्रत बस्दिनँ तर तीजको चाहिँ बस्छु। व्रत नबसे पनि सोमबार मन्दिर जाँदा मनमा आनन्द आउँछ।
Annapurna Khabar Audio
-
ANNAPURNA KHABAR 12 PM MANGSIR 21 at
12:00 pm
Dec 07, 2018
-
Annapurna Khabar at
9:00 am
Dec 15, 2017
-
Annaurna Khabar at
9:00 am
Dec 14, 2017
-
ANNAPURNA KHABAR at
12:00 pm
Jun 18, 2017
-
Annapurna Khabar at
6:00 am
May 07, 2017
लोकप्रिय
-
ओलीको आडमा मौलाएका खुरे !
वरिष्ठ पत्रकार बद्री पौड्यालले अनलाइनमा आएको समाचारमा टिप्पणी गरे, ‘एउटा पूर्व उ...
-
आन्दोलनको दीर्घकालीन सम्बोधन
मधेस आन्दोलन जारी छ, तर सबैले देख्ने र बुझ्ने गरी त्यो स्वघोषित या देखिएका नेताह...
- ओझेलमा जनताका पीडा
- सम्बन्धको कसीमा मोदी
प्रतिकृया दिनुहोस