खेलका सम्राट पेले अस्पताल भर्ना
19 Jul 2015 | 17:10 PM

एजेन्सी,३ साउन। विश्व फुटबल सम्राट पेले अस्पतालमा उपचार गरी घर फर्किएको तीन महिना नपुग्दै पुनः अस्पताल भर्ना भएका छन् ।

उनको पिठ्युमा नसा च्यापिएकाले उपचारार्थ अस्पताल भर्ना गरिएको हो । तीन महिनाअघि ब्राजिलियन फुटबल सम्राट पेलेको प्रोस्टेट ग्रन्थीको शल्यक्रिया गरिएको थियो ।

ब्राजिलियन सञ्चारमाध्यमका अनुसार उनको साओ पाउलोस्थित अलवर्ट आइन्सटाइन अस्पतालमा उपचार भइरहेको छ । पेलेले ब्राजिलका लागि तीन पटक फुटबलमा विश्वकप उपाधि दिलाएका थिए ।

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721456

Email us at
mkt.annapurnafm@gmail.com

Follow Us