​चेपाङ महिलालाई घारसहितको मौरी प्रदान
16 Jul 2015 | 16:17 PM

भानुभक्त आचार्य
हेटौंडा,३१ असार । राष्ट्रिय कृषक महासंघ नेपालले मकवानपुरको काँकडा गाविसका २० जना चेपाङ महिलालाई घार सहितको मौरी प्रदान गरेको छ । ग्रामीण क्षेत्रका सीमान्तकृत महिलाको आयआर्जनमा सहयोग गर्न मौरी प्रदान गरिएको हो । महासंघले आइयूसिएन् र फरेष्ट फार्म फ्यासिलिटी (एफ्एफ्ए) को आर्थिक सहयोगमा काँकडा—४ देबीटारका महिलालाई जीबिकोपार्जन कार्यक्रमअन्तर्गत मौरी प्रदान गरेको हो ।

मकवानपुरको काँकडामा रहेका सहकारीमा आबद्ध केही महिलाले बिगत एक दसकदेखि मौरीपालन गरी राम्रो आम्दानी गरिरहेका छन् । महासंघले महिलालाई मौरीपालनसम्बन्धी दुई दिने तालिम प्रदान गरेर मौरी हस्तान्तरण गरेको महासंघका केन्द्रीय सचिव रामहरि शर्माले जानकारी दिए । यो सहयोगले बिपन्न महिलाको आर्थिक अबस्थामा सुधार ल्याउने बताउदै उनले यस्ता कार्यक्रम अन्य गाविसमा समेत गरिने बताए । चितवनका मौरी व्यवसायीले काँकडामा रहेका चिउरीको फूलमा मौरी चराउनका लागि ल्याउने गरेका छन् । चिउरीको महको माग बजारमा अत्यधिक रहेकोले मौरीपालनमा महिलालाई आकर्षित गर्नुपर्ने कार्यक्रमका सहभागीले जोड दिएका छन् । 


सबिता प्रजाको अध्यक्षतामा भएको कार्यक्रममा कृषि कार्यालय मकवानपुरका अधिकृत निर्मल बरालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा राष्ट्रिय कृषक महासंघका केन्द्रीय उपाध्यक्ष पञ्चकाजी श्रेष्ठ, महासंघ मकवानपुरका अध्यक्ष महानन्द सापकोटाले मौरीपालनमा सहभागी भएर आयआर्जन गर्न र बचत गर्नका लागि आग्रह गरेका थिए । केही दिन पछि मकवानपुरको बिकट मानिने डाँडाखर्कका महिलालाई पनि यसैगरी तालिम सहित मौरीको घार र मौरी बितरण गरिने महासंघले बताएको छ ।

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721456

Email us at
mkt.annapurnafm@gmail.com

Follow Us