कला प्रदर्शनी सुरु
15 Apr 2015 | 00:00 AM

काठमाडौं, २ बैशाख
एक महिना लामो कला प्रदर्शनी आज सुरु भएको छ ।
काठमाण्डौमा आज बिहान विशेष कार्यक्रमकाबीच प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रिय ललितकला प्रदर्शनीको उद्घाटन गर्नुभयो । कार्यक्रममा प्रधानमन्त्री कोइरालाले नेपाली कलालाई विश्वमा परिचित बनाउन कलाकारहरुको भूमिका महत्वपूर्ण भएको भन्दै कलाको विकासमा सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कांग्रेस सभापति समेत रहनुभएका कोइरालाले मुलुकलाई दिगो विकास शान्ति र संविधान आवश्यक रहेकोमा जोड दिनुभयो ।  आन्दोलन छाडेर सहमतिमा आउन विपक्षीलाई आग्रह गर्दै  उहाँले राजनीतिक दलहरुबीचको निरन्तर संवाद, सहकार्यबाटै राजनीतिक सहमति कायम हुनेमा आफू विश्वस्त रहेको उल्लेख गर्नुभयो ।

 

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us