बर्षाले सडक अबरुद्ध हुदा मुगुमा खाद्यन्न अभाब
13 Apr 2015 | 00:00 AM

जीबन सेजुवाल
२०७१ चैत्र ३०, सोमवार ।


मुगु, यो बर्ष मंसिर देखि चैत्र अन्तिमा साता सम्म परेको भारी बर्षा र हिमपातका कारण नाग्मा–गमगढी सडकखण्ड अबरुद्ध हुँदा जिल्लामा खाद्यन्न अभाब हुने भएको छ ।
नेपालगंज र सुर्खेतबाट सडक मार्ग बाट जिल्लाका लागी  ढुवानि गरिने खाद्यन्न हिमपात र बर्षाले गर्दा नाग्मा गमगढी सडक खण्ड अबरुद्ध हुँदा जिल्लाका लागी स्विकृत भएको खाद्यन्न बिच बाटोमै रोकिएको खाद्यन्न अभाब भएको हो ।


यो आर्थिक बर्षमा जिल्लाका २४ गाबिस र हुम्लाको सर्केगाड खाद्यन्न डिपोको लागी १४ हजार क्विन्टल खाद्यन्न स्विकृत भई ६ हजार क्विन्टल ढुवानि भईसकेको र बाँकि ९ हजार क्विन्टल भरपर्दो सडक यातायातका नभएका कारण ढुवानि भएको खाद्यन्न पनि हिमपात र बर्षाका कारण बिच बाटोमै थन्किएको जिल्ला खाद्य स्ांस्थान मुगुका मिमित्त प्रमुख कर्ण रावलले बताउनुभयो ।


रावलका अनुसार अहिले जिल्ला खाद्य संस्थान मुगुका दुई गोदाम मध्यै उक गोदाम पुरै खालि रहेको छ भने अर्को एक गोदाममा जम्मा ६ सय ५० क्विन्टल मात्र मौजाद रहेको छ यो खाद्यन्न किक्रि बितरण गर्ने हो भने दुई दिन पनि पुग्दैन यो आपतकालिका लागी मौजाद गरिको भन्छन । जिल्लामा आउने खाद्यन्न हिमपात बर्षाले गर्दा बिच बाटोमा रोखिदा खाद्यन्न समस्या भएको हो र जिल्लाका तिन र हुम्ला जिल्लाको सर्केगाड डिपोमा पठाउनु पर्ने खाद्यन्न समेत पठाउन सकिएको छैन ।


जिल्ला खाद्य स्ांंस्थान मुगुमातहतका तिन डिपो हरु मध्ये श्रीकोट डिपोमा १५ सय ३५ क्विन्टल मध्ये सुर्खेत बाट ७५ क्विन्टल मात्र ढुवानि भएको र बाँकि अहिले सम्म ढुवानि हुन सकेको छैन यो डिपो मातहतका सात गाबिस कार्तिक ८ गते परेको असिनाले गर्दा भोगमरी ब्यहोर्नु परेको छ । पुल डिपोमा भने १२ सय ५० क्विन्टल ढुवानि भईसकेको छ । सोरुकोट डिपोका लागी १५ सय ३५ क्विन्टल स्विकृत भएको भएपनि ४ सय मात्र ढुवानि भएको छ यता मुगु खाद्य संस्थान बाट हुम्ला जिल्लाको सर्केगाड डिपोका लागी पठाउनु पर्ने १३ सय क्व्न्टिल मध्ये २ सय २० क्न्टिल मात्र ढुवानि भएको खाद्य संस्थानले बताएको छ ।


बिगतका बर्ष हरुमा बेला बेला खाद्य संकट हुने यो जिल्लामा  ०६९ पौष १ गते बाट  ब्यपारीका साना मालबाहक गाडी चलेपछि खाद्यन्न ढुवानि गर्न सहज भएपछि खाद्य संस्थानमा लाईनमा बसिरहने सर्बसाधरणका लागी ब्यपारीबाटै खाद्यन्न पाएको भएपनि यो बर्ष लामो समय सम्म सडक अबरुद्ध हुदा ब्यपारीले पनि ढुवानि गर्न नसक्दा सबसाधरणले खाद्यन्न अभाब ब्यहोर्नु परेको उधोग बाणिज्य संघ मुगु काबा अध्यक्ष कमल बुढाले बताए ।


अघिल्लो बर्ष जति बेला गएपनि खाद्य संस्थान बाट खाद्यन्न पाईन्थ्यो  दुई महिना भयो खाद्यन्न माग्न जाँदा आएको छैन भन्छन बजारमा पनि पाईन्थ्यो  अहिले बजारमा पनि खाद्यन्न अभाब भएका  खाद्यन्न पाईदैन समयमै ढुवानि गरेको भए खाद्यन्न अभाब  नहुने  कति दिनमा आई पुग्छ आएपछि मात्र दिन्छु भन्छन  जिल्ला खाद्य संस्थान चामलको खोजिमा पुगेका रोवा गाबिका बिर्ख बुढा बताउछन ।

 

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721456

Email us at
mkt.annapurnafm@gmail.com

Follow Us