२० हजार भारुको सुपारी लिएर व्यापारीलाई गोली प्रहार
13 Apr 2015 | 00:00 AM

क्रान्ति साह,
२०७१ चैत्र ३०, सोमवार ।

वीरगञ्ज, वीरगन्जमा आइतवार बेलुकी कपडा व्यपारी महेश कादमीयालाइ गोली हान्ने अभियुक्तलाइ प्रहरीले सोमवार सार्वजनिक गरेको छ ।
 
 जिल्ला प्रहरी कार्यालय पर्साले सामेबार पत्रकार सम्मेलन गरेर भारत मुजफपुर घर भएका १९ वर्षिय अक्षयराम भन्ने रवी सिंहलाइ सार्वजनिक गरेको हो ।
 आइतवार बेलुकी व्यपारी कादमीया माथि गोली प्रहार भए लगत्तै सिंहलाइ हतियार सहित प्रहरीले स्थानीयवासीको सहयोगमा पक्राउ गरेको थियो ।
 प्रहरीका अनुसार पक्राउ परेका सिंह भारतको झारखण्ड स्थित कलेजमा बि।कम। को प्रथम वर्षमा अध्ययनरत विधार्थी हुन् ।
 
 सिंहले आफुले २० हजार भारु सुपारी लिएर कादमीयाको ज्यान लिने उदेश्यले गोली हानेको प्रहरी समक्ष बयान दिएको प्रहरी उपरिक्षक दिवेश लोहनीले बताए । सुपारी दिने व्याक्तिको परिचय भने सिंहले नखुलाएको प्रउ लोहनीले बताए ।
 
 घटनामा संलग्न सिंहका साथी भने फरार रहेको र उनको खोजी भइरहेको पर्सा प्रहरीका प्रवक्ता एंव प्रहरी नायव उपरिक्षक वीर बहादुर ओलीले जानकारी दिए ।
 
घटनामा प्रयोग गरिएको बी आर ६ ए जे ०७०७ नम्बर प्लेटको मोटरसाइकल घटनास्थल भन्दा दक्षिणपट्टी अवस्थत महावीर मन्दिरको गल्ली नजिकबाट आइतवार राति एक बजे बरामद भएको प्रनाउ ओलीले बताए ।
 
 पक्राउ परेका सिंहको साथबाट अमेरिकमा बनेको ७।६५ स्वचालित पेस्तोल एक थान , त्यसमा प्रयोग हुने ३ राउण्ड गोली तथा कटुवा पेस्तोल एक थान र त्यसमा लाग्ने ७ राउण्ड गोली समेत बरामद भएको प्रहरीले जनाएको छ ।
 
 महाविर गल्ली स्थित आफनै कपडा पसलमा बसिरहेको अवस्थामा व्यापारी कादमिया माथि  आइतवार बेलुकी गोली प्रहार भएको थियो ।
 
दाहिने तिघ्रामा गोली लागेर घाइते भएका व्यपारी कादमीयाको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गरिएको छ । उनि उपचार पछि घर फर्किसकेको प्रउ लोहनीले जानकारी दिए ।
 
 गोली हानेर भाग्ने क्रममा  स्थानीयले नियन्त्रणमा लिएर कुटपीट गर्न थालेपछि घटनास्थलमा पुगेको प्रहरीको क्वीक रेस्पोन्स टिमले सिंहलाई नियन्त्रण्मा लिएको प्रनाउ ओलीले पत्रकार सम्मेलनमा जानकारी दिए ।
 
 गोली हानेपछि भाग्ने क्रममा बन्दुकधारीहरुले स्थानीयको भिडलाई लक्षित गर्दै दुइ वटा सुतली बम पनि प्रहार गरेका थिए । तर उनिहरुले प्रहार गरेको सुतली बम भने विस्फोट नभएको प्रउ लोहनीले बताए ।
 
 स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाइ बुझाउने क्रममा सिंहले प्रहरीको टोलीमा माथि आक्रमणको प्रयास पनि गरेको प्रनाउ ओलीले बताए ।
ओलीका अनुसार बन्दुकधारीलाइ नियन्त्रणमा लिने क्रममा लछारपछार हुदा प्रहरी जवानद्धय महेश यादव र बच्चालाल यादव पनि सामान्य घाइते भएका थिए ।
 
 प्रउ लोहनीका अनुसार करिब अढाइ वर्ष पहिले कादमीयाकै पसल नजिकै अपराधिक समुहले सुतली बम विस्फोट गराएको थियो ।त्यति बेला उनले बम पडकाउने समुहलाइ रकम दिएर आफनो ज्यान जागाएको श्रोतले जनाएको छ ।
 
 अहिले भने आफुलाइ कसैले पनि धम्की नदिएको र रकम पनि माग नगरेको कादमीयाले बताए । पक्राउ परेका सिंह उपर ज्यान मार्ने उद्योग तथा हातहतियार खरखजाना मुद्धामा अनुसन्धान प्रकृया अगाडि बढाइएको पत्रकार सम्मेलनमा प्रनाउ ओलीले बताए ।

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721456

Email us at
mkt.annapurnafm@gmail.com

Follow Us