संबिधान ल्याएरै छाड्ने सभासदले दिए नयाँ बर्षको शुभकामना
13 Apr 2015 | 00:00 AM

छेटु शेर्पा,

चैत्र ३० सोमबार

सङ्खुवासभा, नयाँ बर्षको अवसरमा पत्रकार महासंघ संखुवासभाले सोमवार खाँदबारीमा गरेको शुभकामना आदनप्रदान कार्यक्रममा संबिधान सभाका सदस्य दिपक खड्काले सार्थक संबिधान ल्याउने प्रतिबद्धता ब्यक्त गर्नुभयो । जनताको इच्छा र चाहानालाई पुरा गर्न संबिधानसभाले नयाँ बर्षकै अवसरमा संबिधान ल्याउने तयारीमा रहेको उहाँले बताउनुभयो । संबिधानसभाको बैठक शुरु भएको छ यसमा दुई मत छैन अव सत्ताधारी दलले सहमती कायम गरेर संबिधान ल्याएरै छाड्ने उहाँको भनाई थियो ।

नेपाल पत्रकार महासंघ सङ्खुवासभा शाखाले आयोजना गरेको नयाँ बर्ष २०७२ सालको शुभकामना आदानप्रदान कार्यक्रममा राजनीतिकदलका प्रमुख, प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जिल्लाबासीमा शुभकामना दिनुभएको थियो । नागरिक समाजका अगुवाहरुले आउने बर्षको शुभकामना दिनेक्रममा संबिधानसभाको भुमिका नरहने गरी संबिधान पाइसकेको हुनु पर्ने भन्दै सबैमा शुभकामना दिएका थिए ।

कार्यक्रममा जिल्लाका ३६ सरकारी कार्यालयका प्रमुखप्रतिनिधि, नागरिक समाज, पत्रकार, मानवअधिकारकर्मी, बुद्धिजिवि महिला गरी सय बढीको उपस्थिती रहेको थियो ।

 

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721456

Email us at
mkt.annapurnafm@gmail.com

Follow Us