यसरी मनाऔं नयाँ वर्ष
13 Apr 2015 | 21:35 PM

एलपी भानु शर्मा | २०७१ चैत्र ३० 
कजना पत्रकार मित्रले चैतको दोस्रो सातातिरै मेरो आगामी नयाँ वर्ष मनाउने तयारीबारेमा जिज्ञासा राख्दै सोध्नुभएको थियो, 'तपाईंको त धेरै ठाउँमा पार्टी र जमघट होला नयाँ वर्षको, कसरी मनाउँदै हुनुहुन्छ यो नयाँ वर्ष?' मैले कुनै जवाफ दिइनँ।
 
उहाँले मलाई कुनै पार्टीमा निम्तो आइनसकेको भन्ने ठानेर अगाडि भन्नुभयो, 'हामी त दुई दिनका लागि नगरकोट जाने सुरमा छौं, तपाईं पनि आउन सक्नुहुन्छ।'

 
कूतुहलतावश मैले दुई दिनमा के-के हुन्छ त्यहाँ भनेर जान्न खोजें। सूची जानेसुनेकै किसिमको थियो- नाचगान, मास, मदिरा र दृश्यावलोकन। मैले फेरि पनि कुनै उत्तर दिइनँ, मुस्कुराइ मात्र रहें।
 
नयाँ वर्षको दिन के साँच्चिकै अरू दिनभन्दा फरक हुन्छ त? सालका तीन सय पैंसठ्ठी दिनमध्ये कुनै एकलाई छानेर यो वर्षको पहिलो दिन भनेर छुट्ट्याउँदैमा केही विशेष हुन्छ त? दिन सबै एउटै हुन्छन्, उही दौडधूप, उही लोभ, उही सोच, उही दैनिक क्रियाकलाप। फरक हाम्रो मनमा बाहेक अन्यत्र क हीं पनि हुँदैन।
 
प्रकृतिका लागि सालका सबै दिन समान हुन्छन् तर चाहेमा प्रत्येक दिनको बारेमा हामी फरक प्रकारले सोच्न सक्छौं। बिदा, चाडपर्व या अन्य कुनै विशेष प्रकारका दिनहरूलाई हामी जीवनलाई नयाँ सोच, मोड र दिशा दिनका लागि प्रयोग गर्न सक्छौं।
 
अरू हरेक दिनजस्तै त्यही दैनिक क्रिया, त्यही मनोरञ्जन र तिनै समय सिध्याउने क्रियाकलाप नगरेर यी दिनलाई हामी जीवन बदल्नका लागि प्रयोग गर्न सक्छौं।
 
साधारणतया हामी कार्यालयका दिनमा भन्दा बिदाका दिनहरूमा बढी व्यस्त हुन्छौं। नानाथरी दौडधूप र अनावश्यक एवं योजनाहीन कार्यक्रमले हामीलाई अझ बढी थकित बनाउँछ र शिथिल भएर आफ्नो कार्यालयतिर फर्किन बाध्य हुन्छौं हामी।
 
अमेरिकामा प्रचलित एउटा व्यंग्य छ- बिदाका दिन मान्छे अत्यधिक थाकेर कार्यालय गएर आराम गर्छ। नयाँ वर्षको सर्वाधिक सुन्दर उपयोग आफ्नै जीवनका बारेमा सूक्ष्म चिन्तन गर्न र अत्यावश्यक तथा हालसम्म गर्न नसकिएका कार्यको योजना बनाई आफैंलाई व्यवस्थित बनाउनु हो। 
 
एउटा सुन्दर भनाइ छ- आजसम्म जे गरिरहेका छौं, त्यही गरिरहेमा आजसम्म जे भएको छ, त्यसबाहेक अरू केही पनि हासिल हुँदैन। एउटै कामलाई दिनैपिच्छे दोहो:याइराख्नुले न अनुभव बढाउँछ, न सिर्जनशीलता, न त उपलब्धि नै।
 
अहिल्यै एउटा सूची तयार गर्न सकिन्छ, त्यस्ता महत्त्वपूर्ण कामको। जसलाई अब ढिलो नगरी सम्पादन गर्नुपर्छ। यसका लागि मेरो जीवनमा के कुराको कमी छ र लामो समयदेखि मैले गर्न चाहेको तर गर्न नसकेको काम के छ, त्यतातिर ध्यान पुर्‍याउनु जरुरी छ। 
 
स्वास्थ्य, कार्य, ध्यानयोग, सम्बन्ध, व्यवसाय विस्तारलगायत कुन क्षेत्रमा सुधार ल्याउनु छ, त्यही विषयमा केन्द्रित भएर अब भविष्यमा गर्न कार्यको योजना बनाउनु उपयुक्त हुन्छ। सूची तयार भएपछि आफ्ना कार्यहरू प्राथमिकता क्रममा राख्ने र महत्त्वपूर्ण विषयमा अझ बढी चिन्तन गर्ने गरेमा योजनामा व्यावहारिकता आउँछ।
 
आफ्नो वर्षभरिको योजना तयार गरिसकेपछि अर्को खुड्किलो भनेको समग्र निष्ठाका साथ त्यसप्रति प्रतिबद्धता जाहेर गरी कार्यमा बदल्नु हो। यसलाई अंग्रेजीमा 'वाकिंग दी टक' अर्थात् कुरालाई काममा बदल्नु भनिन्छ।
 
विख्यात व्यवस्थापनविज्ञ ब्रायन ट्रेसी भन्छन्- सबैभन्दा कठिन काम सबैभन्दा पहिले गरिहाल्नुपर्छ। यो आदत आत्मसात गर्न सकेमा अल्छी गर्ने या काम टार्नेजस्ता आम समस्याबाट सर्वथा मुक्त रहन सकिन्छ। 

आफ्नो दीर्घकालीन सोचअनुसारको योजना र कार्यसूची बनाउनु मनोविज्ञानको दृष्टिकोणमा पनि अत्यन्तै महत्त्वपूर्ण र प्रभावकारी कर्म हो। आकर्षणको नियम (ल अफ एट्र्याक्सन) र खप्तड बाबाद्वारा प्रणीत विचार विज्ञानअनुसार हाम्रा मनमा हामीले सोचेको कुरा पूरा गर्न सक्ने असीमित क्षमता हुन्छ। 

भगवान् बुद्ध भन्नुहुन्छ- तिमी आज जे छौ, त्यो तिम्रो सोचको नै परिणाम हो।
यसको अर्थ हो- मेरो भविष्य निर्माण गर्ने साँचो मेरै हातमा हुन्छ। दुर्भाग्यवश, हामीमध्ये अधिकांशलाई न त्यो साँचोको बारेमा थाहा छ, न त्यसलाई खोज्ने जाँगर नै।
सोचमा एउटा यस्तो चुम्बकीय शक्ति हुन्छ, जसले हामीलाई आफ्नो रोजेको भविष्यको दिशामा निरन्तर गतिमान गराइरहन्छ। 

वास्तवमा, अतीतमा लिएका सोचहरूको परिणाम नै मेरो वर्तमान हो र आजको सोचले मेरो भविष्य निर्माण गर्दछ। भगवान् बुद्ध भन्नुहुन्छ- तिमी आज जे छौ, त्यो तिम्रो सोचको नै परिणाम हो। 
 
यसको अर्थ हो- मेरो भविष्य निर्माण गर्ने साँचो मेरै हातमा हुन्छ। दुर्भाग्यवश, हामीमध्ये अधिकांशलाई न त्यो साँचोको बारेमा थाहा छ, न त्यसलाई खोज्ने जाँगर नै। सोचमा एउटा यस्तो चुम्बकीय शक्ति हुन्छ, जसले हामीलाई आफ्नो रोजेको भविष्यको दिशामा निरन्तर गतिमान गराइरहन्छ।
 
यो ब्रह्माण्ड भावऊर्जाहरूको एउटा विशाल महासागर हो, जहाँबाट म आफ्नो मूल सोचअनुरूपका व्यक्ति, वस्तु तथा परिस्थितिलाई आफूतिर आकर्षित गर्छु। एउटा बगैंचामा नानाथरी रङ, रूप र आकारका बिरुवा हुन्छन्। 
 
तिनी प्रत्येकले आफ्नो बीउअनुकूल प्रकृतिबाट पोषण तथा रसायनहरू आकर्षित गरिरहेका हुन्छन्। प्रकृतिको ऊर्जा पूर्ण क्षमताले भरिएको तथा तटस्थ हुन्छ। फूलले रङ र सुगन्ध, खोर्सानीले पिरोपन, कागतीले अमिलोपन भने उखुले गुलियोपनलाई यही एउटै प्रकृतिबाट आकर्षित गर्छ। 
 
त्यसकारणले, मनुष्यका लागि परिस्थितिभन्दा आफ्नो मनस्थिति नै महत्त्वपूर्ण हुन्छ। मनस्थिति उपयुक्त रहेमा कठिनभन्दा कठिन परिस्थितिलाई उसले सहज परिवर्तन गर्न सक्छ।
 
मनुष्य हुनु भनेको नै मेरा समस्याभन्दा म ठूलो छु भन्ने घोषणा हो। उच्च संकल्प भएको व्यक्तिलाई समस्या र चुनौतीहरूले वाधा सिर्जना गर्ने होइनन्, अपितु अरू बढी प्रतिबद्धता र साहसका साथ अघि बढ्ने प्रेरणा दिन्छन्। सुखले हामीलाई अल्छी र तामसी बनाउँछ भने दु:खले संघर्ष गर्न सिकाएर आफूभित्रको प्रतिभा निखार्न मद्दत गर्छ।
 
जीवन बदल्नु छ, आफ्नै सोचबाट सुरु गर्नुपर्छ। हाम्रा अग्रजहरूलाई मनुष्यको मनोविज्ञान र जीवन रूपान्तरणको रहस्य राम्रोसँग थाहा थियो। ससाना श्लोक र लोकोक्तिहरूमा महान् सूत्रहरूलाई राखेर धर्म-संस्कृतिको विशाल परम्परा नै खडा गरेका थिए उनीहरूले। यो संस्कृत श्लोक अत्यन्तै सान्दर्भिक छ :
 
मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिम्
यत्कृपा तमहं बन्दे परमानन्द माधवम्।
 
एउटा मूक व्यक्ति वाचाल (बोलीमा चतुर) बन्न सक्छ र अपांगले पनि पहाड चढ्न सक्छ यदि परमानन्द माधवको कृपा भएमा। यहाँ परमानन्द माधव भन्नाले कुनै ईश्वर अथवा व्यक्ति होइन, आफैंभित्रको सोचको अथाह क्षमता हो। 
 
अकल्पनीय काम गर्न सक्ने र आफ्नो एवं अरूको जीवन समूल रूपान्तरण गर्न सक्ने क्षमता सोचको नै परिणाम हो। यो रहस्य बुझेर जसले जीवनका हरेक पल आफ्नो सोचको मार्गमा लगानी गर्छ, उसले नै जीवनमा क्रान्तिको वीजारोपण गर्छ।
 
आजसम्म गर्ने हिम्मत जुटाउन नसकेको कुनै काम पूरा ताकतका साथ प्रारम्भ गर्नका लागि पनि नयाँ वर्षको मंगलमय दिनलाई प्रयोग गर्न सकिन्छ। 
 
त्यस्तै- अपूरो काम पूरा गर्न, बिग्रिएको सम्बन्ध सुधार्न या अध्यात्मतिरको जीवनयात्रा प्रारम्भ गर्न पनि यो दिन अत्यन्तै उपयुक्त होला। सारमा भन्नुपर्दा, नयाँ वर्षलाई नयाँ जीवनको सुरुआत बनाउनु नै सार्थक उपयोग हो।
 
आज प्रत्येक व्यक्ति र पूरै समाज अशान्ति, क्रोध र तनावको दलदलमा फसेको बेला भगवान् कृष्णले गीतामा अर्जुनलाई दिनुभएको यो परम आश्वासन काम लाग्न सक्छ-
 
पार्थ नैवेश नामुत्रविनाशस्तस्यविद्यते।
न हि कल्याणकृत्कश्चिद् दुर्गतिं तात गच्छति।।
 
हे पार्थ! त्यो व्यक्तिको न त यस लोकमा न परलोकमा नै नाश हुन्छ : हे पुत्र ! कुनै पनि शुभकर्म गर्ने व्यक्तिको दुर्गति कहिल्यै हुँदैन। एउटा सानो शुभकर्मले पनि जीवनलाई नयाँ दिशा दिन सक्छ।
 
नयाँ वर्षको पावन दिनलाई आलस्य, मनोरञ्जन, दुव्र्यसन र नकारात्मकताको खाल्डोमा खर्च नगरी नयाँ सोच, नयाँ कर्म, नयाँ जीवन र नयाँ नेपालको बाटोमा पो लगानी गर्ने हो कि?

प्रतिकृया दिनुहोस

आजको ताजा खबर

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us